दफा १९
राष्ट्रिय वनमा बाटो, खोला बन्द गर्ने अधिकार
नेपाल सरकारले वा नेपाल सरकारबाट अधिकार प्राप्त अधिकारीले वनको विकास र संरक्षणको निमित्त राष्ट्रिय वनभित्र पर्ने जोसुकैको निजी वा सार्वजनिक बाटो वा खोला बन्द गर्न सक्नेछ
तर त्यसरी बन्द गर्नु अगावै त्यसको सट्टा यथासम्भव त्यत्तिकै सुविधाजनक अर्को बाटो वा खोला उपलब्ध गराई दिनु पर्नेछ ।